भूमिहीन र अव्यवस्थित बसोबासको समस्या समाधान हुन्छ : उम्मेदवार लामिछाने
पाेखरा | कात्तिक १५, २०७९
पोखरा : कास्की २ (१) मा सत्ता गठबन्धनका उम्मेदवार विश्वप्रकाश लामिछानेले देशको समृद्धि र समतामूलक समाजका लागि कोही नेपाली भूमिहीन हुन नहुने बताएका छन् । भूमिको उचित योजना र उपयोगबिना विकास असम्भव हुने उनले बताए ।
माओवादी केन्द्रका नेता विश्वप्रकाश लामिछानेले भूमिहीन र अव्यवस्थित बसोबासीका समस्या समाधानका लागि काम जारी रहेको बताए । उनले अहिले सेतो पूर्जा दिइएको जनाउँदै चाडै लालपुर्जा वितरण हुने बताए । उनले भने, ‘गरिब, सिमान्तकृतका बस्तीमा विकासका पूर्वाधार निर्माण र मानव विकास लागि हामी योजनावद्ध प्रयास गर्छौं ।’
पोखरा १७ को प्रगति टोलमा गठबन्धनको सम्पर्क कार्यालय उद्घाटन गर्दै लामिछानेले गरिब, उत्पीडित, भूमिहीनको हितका लागि माओवादीले निरन्तर आवाज उठाउँदै आएको स्मरण गरे । निर्वाचनमा विजयपछि जनताका मौलिक हक र अधिकारको ग्यारेन्टी हुने उनको आश्वासन छ ।
‘संविधानमा सबै जनताको अधिकार राज्यले ग्यारेन्टी गर्ने लेखिए पनि व्यवहारमा आएको छैन, ‘लामिछानेले भने, ‘यस्ता अधिकार जनताले पाउनुपर्छ भनेर नै म चुनावमा होमिएको छु ।’सबैलाई समान शिक्षा, स्वास्थ्यको अधिकार दिलाउन, रोजगारीको ग्यारेन्टी गर्न लाग्ने उनले प्रतिवद्धता गरे ।
मौका पाउँदा आफूले जिम्मेवार ढंगले उत्तरदायित्व निर्वाह गरेको उदाहरण दिदै उनले गरिबी, अशिक्षा, आर्थिक असमानता रहेसम्म नयाँ नेपाल नबन्ने उल्लेख गरे । व्यवस्था परिवर्तनको नेतृत्व गर्ने माओवादीले मात्र अब समृद्धिको नेतृत्व गर्न सक्ने उनको भनाइ छ ।
नेपाली काँग्रेसका गण्डकी प्रदेश सदस्य श्यामप्रसाद भण्डारीले देशको विकास, स्थिरता र लोकतन्त्रका लागि गठबन्धनको जित जरुरी रहेको औंल्याए ।
प्रगति टोल विकास संस्थाका अध्यक्ष राकेश शर्माले आफ्नो टोलमा रहेका समस्या प्रस्तुत गर्दै विकासको खाका र इच्छाशक्ति भएका उम्मेदवारले चुनाव जित्नुपर्ने बताए ।
काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् । पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...
पोखरा । कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...
कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् । मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् । ...

